हाइकुई आँधी ताइवानपछि चीनतर्फ अघि बढ्दै | Khabarhub Khabarhub

हाइकुई आँधी ताइवानपछि चीनतर्फ अघि बढ्दै


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

ताइपेई- हाइकुई आँधीका कारण सोमबार ताइवानको तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित बनेको छ । आँधीले सयौं रूखहरू ढालेको छ भने आँधीसँगै आएको मुसलधारे पानीका कारण तटीय सडकहरूमा व्यापक क्षति पुगेको छ ।

हाइकुई सुरुमा टापुबाट बाहिरिएको जस्तो देखिए पनि सोमबार बिहानै दक्षिणपश्चिम काउसियुङमा दोस्रो पटक अवतरण भएको थियो र त्यसपछि ताइवान स्ट्रेटमा प्रवेश गरेको थियो ।

त्यहाँ कुनै पनि व्यक्तिको मृत्यु भएको खबर प्राप्त भएको छैन । अधिकारीहरूका अनुसार आँधीका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । मुख्यतः रूख ढलेका र कार दुर्घटनाका कारण उनीहरू घाइते भएका अधिकारीहरूले बताएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।

कम जनसङ्ख्या भएको पूर्वी ताइवानको तटीय पहाडी काउन्टी ताइतुङमा विनाश देखिएको छ । ताइतुङ्गको दोङहे बस्तीका ५५ वर्षीय गाउँका मुखिया चेन हाई–फेङले भने, “मैले जीवनमा यति ठूलो आँधी पहिलो पटक देखेँ ।”

हाइकुईलाई अघिल्ला आँधीबेहरीको तुलनामा कम गम्भीर मानिएको भए तापनि चेनले एएफपीसँग भने, “बिहान सबेरै सडकबाट रूखहरू हटाउने कामको सर्वेक्षण गर्दा यो अझ शक्तिशाली महसुस भएको थियो ।”

उनले भने, “यो बाणजस्तै सिधा हामीमाथि आएको छ । आँधीबाट ठूलो मात्रामा भवन र खेतवालीमा क्षति पुगेको छ ।’

ताइवानमा चार वर्षयता पहिलो पटक आएको हाइकुइ आँधीका कारण उक्त टापुका करिब आठ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

सयौं उडानहरू रद्द गरिएका छन् र व्यवसायहरू बन्द भएका छन् ।

दुई लाख ६० हजारभन्दा बढी घरधुरीमा अस्थायी रुपमा विद्युत् आपूर्ति बन्द भएको छ भने करिब २२ हजार घरमा सोमबार दिउँसोसम्म पनि विद्युत् पुगेको छैन भने १४ वटा नगरमा विद्यालय र व्यवसाय बन्द रहेका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : १८ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा