ग्याबोनका सैनिक शासकले लिए शपथ « Khabarhub

ग्याबोनका सैनिक शासकले लिए शपथ


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लिब्रभिल- मध्यअफ्रिकी मुलुक ग्याबोनका सैनिक नेता ब्रिस ओलिगुई न्गुमाले देशको अन्तरिम राष्ट्रपतिको रुपमा शपथ लिएका छन् । उनले जनतालाई साक्षी मानेर ईश्वरका नाममा शपथ लिँदै गणतान्त्रिक शासन व्यवस्थालाई इमानदारीपूर्वक जोगाउने प्रतिबद्धता व्यक्त गरे ।

गत बुधबार ग्याबोनको निर्वाचन आयोगले राष्ट्रपति अली बोङ्गा पुनः निर्वाचित भएको घोषणा गरेको केही बेरमै जनरल न्गुमाले बोङ्गोविरुद्धको सत्ता विप्लवको नेतृत्व गरेर उक्त निर्वाचन वदर गरिएको जनाउँदै देशको शासन व्यवस्था सेनाले लिएको राष्ट्रिय टेलिभिजनबाट घोषणा गरेका थिए ।

बाह्र जना सैनिक अधिकारीलाई साथमा लिएर उनले सबै गणतान्त्रिक संस्था भङ्ग गरिएका तथा अर्को सूचना नभएसम्म देशको सिमाना बन्द गरिएको घोषणा गरेका थिए । विपक्षीहरूले धाँधली भएको तर्क गरेको निर्वाचनमा राष्ट्रपति बोन्गोले दुई तिहाइ मतले जितेको निर्वाचन आयोगले बताएको थियो ।

सैनिक शासकलाई अन्तरिम राष्ट्रपतिका रुपमा शपथ गराउन आयोजित समारोहमा हर्षोल्लासपूर्वक उपस्थित भएका नागरिकहरूको भीड जम्मा भएको थियो । शपथ समारोहमा उपस्थित भएका एएफपीका एक जना पत्रकारले नयाँ राष्ट्रपतिको शपथमा ठूलो सङ्ख्यामा जनसाधारण सहभागी हुनुलाई सेनाप्रति जनताको समर्थन रहेको पुष्टि भएको बताएका छन् । सैनिक शासकको शपथसँगै ग्याबोनमा बोङ्गो वंशको ५५ वर्षको शासन अन्त्य भएको छ ।

सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएको ग्याबोन अफ्रिकाको प्रमुख तेल उत्पादक देशमध्येको एक हो । ग्याबोनको ९० प्रतिशत भूभाग जङ्गलले ढाकिएको छ ।

फ्रान्सको उपनिवेश रहेको नाइजरका निर्वाचित राष्ट्रपतिलाई सेनाले आफ्नो सुरक्षा घेरामा राखेर गत जुलाई २८ देखि सत्ता सञ्चालन गरेको छ । केही वर्षयता अफ्रिकामा सैन्य विप्लव नियमित घटना भएका छन् । हालैका वर्षमा बुर्किना फासोमा दुईपटक र गिनी बिसाउ, गाम्बिया र साओ टोम र प्रिन्सिपेमा एकपटक असफल विद्रोहका प्रयासका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ५ : ५९ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष