ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन | Khabarhub Khabarhub

ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नवनिर्मित भवनको उद्घाटन


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ- भारत सरकारको सहयोगमा ललितपुरस्थित श्री नापीचन्द्र महाविहारको नयाँ भवनको उद्घाटन गरिएको छ ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको अनुदान अन्तर्गत करिब ३ करोड ५० लाख रुपैयाँको महाविहारको नवनिर्मित भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो समारोहमा ललितपुर विकास समाजका अध्यक्ष बुद्धिराज बज्राचार्य, स्थानीय समुदायका प्रतिनिधि, परियोजना व्यवस्थापन परामर्शदाताका प्रतिनिधिका साथै नेपाल सरकार र भारतीय दूतावासका पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

नेपालको सांस्कृतिक सम्पदा क्षेत्रको पुनर्निर्माणका लागि भारत सरकारले उपलब्ध गराएको भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत यो परियोजनाको निर्माण भएको हो ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पु¥याएको नापीचन्द्र महाविहारको भारत सरकारको सहयोगमा नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास) ले भवन निर्माण परियोजना सम्पन्न गरेको हो ।

उद्घाटन समारोहमा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीचको विकास सहकार्यका विभिन्न पक्षबारे चर्चा गर्दै यो सहकार्य दुई देशबीचको द्विपक्षीय साझेदारीको महत्वपूर्ण पक्षको रुपमा रहेको उल्लेख गरे । उद्घाटन समारोहमा मेयर महर्जनले ललितपरका साथै आम रुपमा नेपालको सांस्कृतिक परियोजना निर्माणमा सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

समारोहमा भारत र नेपालको ऐतिहासिक सांस्कृतिक समानता र सम्पदा हाम्रा भावी पुस्ताका लागि संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिइयो । भारतले विगतमा पनि सांस्कृतिक सम्पदा क्षेत्रको पुनस्र्थापनाका लागि नेपालसँग मिलेर काम गरिसकेको छ । यो हातेमालोले हामीबीचको मैत्री सम्बन्धलाई मजबुत बनाउनुका साथै यसले हाम्रो साझा सांस्कृतिलाई पनि प्रतिबिम्बित गर्ने जनाइएको छ ।

यसै अनुरुप भारत सरकारले नेपालका सात जिल्लामा रहेका २८ वटा सांस्कृतिक सम्पदाको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएको छ । यसका अतिरिक्त भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत भारत सरकारले गोरखा र नुवाकोट जिल्लामा ५० हजार वटा निजी आवास, आठ जिल्लाका ७१ वटा शैक्षिक संस्था, र दश जिल्लाका १३२ वटा स्वास्थ्य सुविधाको पुनर्निर्माणमा लागि सहयोग गरेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : ३८ बजे

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ

स्थानीय सरकारको पहल : रामप्रसादराईमा वृद्धवृद्धाको भत्ता घरदैलोमा 

भोजपुर– नागरिकको सहजताका लागि रामप्रसादराई गाउँपालिकाले वडास्तरमै भत्ता वितरण सुरू

के पातलो मान्छे साँच्चै स्वस्थ हुन्छन त ?

काठमाडौं–  प्रायः मानिसहरू सोच्छन् कि यदि कोही पातलो छ भने