ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्राको रौनक « Khabarhub

ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्राको रौनक


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको पाटनमा प्रसिद्ध नरसिंह जात्रा मनाइएको छ ।

ललितपुरका मल्ल राजा सिद्धिनरसिंहको पालादेखि सुरु भएको मानिने यो जात्रा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन मनाउने परम्परा छ । जात्रामा भगवान नरसिंहसंगै लक्ष्मी र सरस्वतीलाई देवीको रुपमा रखिन्छ । बिष्णु भक्त प्रह्लादले जात्रा अवधिभर नै भगवान नरसिंहको सेवा गरिरहेको देख्न पाइन्छ ।

अप्सराहरूले नरसिंह भगवान हिड्ने बाटो कुचोले बढार्ने, गोरसले बाटो पखाल्ने, लावाले मार्गलाई सम्मान गर्ने, चवरपंखले हम्कने र दण्डद्वारा बाटोको सुरक्षा गरेका दृश्य जात्राका मुख्य आकर्षण हुन् ।

यो जात्रा पाटनका राजोपाध्याय ब्राम्हण समुदायबाट सञ्चालन गर्ने चलन छ । यो जात्रा करिब ४ सय वर्ष पुरानो भएको लिखित इतिहास रहेको नरसिंह जात्रा आयोजक गुठीका उपाध्यक्ष सञ्जय राजोपाध्यायले बताए । उनले दुख नाश, रोगबाट मुक्त होस भनेर नरसिंह जात्रा मनाइने गरिएको जानकारी दिए ।

नरसिंह जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नरसिंहको देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा लगायत विभिन्न ठाउँमा यात्रा गराउने चलन छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ७ : ४१ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै