एनटीभीएको अध्यक्षमा बेदराज बास्तोलाको पल्ला भारी « Khabarhub

एनटीभीएको अध्यक्षमा बेदराज बास्तोलाको पल्ला भारी


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटन सवारी सञ्चालकहरूको संस्था नेपाल टुरिजम भेकल एसोसियन (एनटीभीए)को अध्यक्ष पदमा बेदराज बास्तोलाको पल्ला भारी हुने देखिएको छ ।

मंगलबार (भदौ १९ गते) हुने निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवारी दिएका बास्तोलालाई एनटिभिएका पुर्व अध्यक्ष राम शरण कार्की , साङ्गे लामा, पुर्व प्रथम अध्यक्ष सुनिल श्रेष्ठ ,राजकुमार लामा र भिम गोले लगायतले समर्थन गरेका छन् । करीब एक सय जना सदस्य रहेको संस्थामा बास्कोटालाई दुईतिहाइ सदस्यको समर्थन रहेको छ । बास्तोला एनटीभएका वर्तमान बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

प्यानलसहित उम्मेदवारी दर्ता गराएका बास्तोलाको समूहमा प्रथम उपाध्यक्षमा रमेश गौतम,द्वितीय उपाध्यक्षमा बिनोद तामाङ ,महासचिबमा केदार कट्टेल,सचिबमा तेज लामा,कोषाध्यक्षमा रामकुमार बस्नेत रहेका छन। त्यस्तै सदस्यमा नमराज अर्याल, राम आचार्य ,टेक पुन मगर र नकुल तिमल्सिनाले उम्मेद्वार घोषणा गरेका छन।

भोलि हुने साधारणसभाले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन समेत गर्नेछ ।सङ्घको निर्देशिकामा अध्यक्ष पदमा दुई पटक भन्दा बढी बस्न नपाउने व्यवस्था छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : ५९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना