एनटीभीएको अध्यक्षमा बेदराज बास्तोलाको पल्ला भारी « Khabarhub

एनटीभीएको अध्यक्षमा बेदराज बास्तोलाको पल्ला भारी


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्यटन सवारी सञ्चालकहरूको संस्था नेपाल टुरिजम भेकल एसोसियन (एनटीभीए)को अध्यक्ष पदमा बेदराज बास्तोलाको पल्ला भारी हुने देखिएको छ ।

मंगलबार (भदौ १९ गते) हुने निर्वाचनमा सत्तारुढ दलको तर्फबाट उम्मेदवारी दिएका बास्तोलालाई एनटिभिएका पुर्व अध्यक्ष राम शरण कार्की , साङ्गे लामा, पुर्व प्रथम अध्यक्ष सुनिल श्रेष्ठ ,राजकुमार लामा र भिम गोले लगायतले समर्थन गरेका छन् । करीब एक सय जना सदस्य रहेको संस्थामा बास्कोटालाई दुईतिहाइ सदस्यको समर्थन रहेको छ । बास्तोला एनटीभएका वर्तमान बरिष्ठ उपाध्यक्ष समेत हुन् ।

प्यानलसहित उम्मेदवारी दर्ता गराएका बास्तोलाको समूहमा प्रथम उपाध्यक्षमा रमेश गौतम,द्वितीय उपाध्यक्षमा बिनोद तामाङ ,महासचिबमा केदार कट्टेल,सचिबमा तेज लामा,कोषाध्यक्षमा रामकुमार बस्नेत रहेका छन। त्यस्तै सदस्यमा नमराज अर्याल, राम आचार्य ,टेक पुन मगर र नकुल तिमल्सिनाले उम्मेद्वार घोषणा गरेका छन।

भोलि हुने साधारणसभाले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन समेत गर्नेछ ।सङ्घको निर्देशिकामा अध्यक्ष पदमा दुई पटक भन्दा बढी बस्न नपाउने व्यवस्था छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ९ : ५९ बजे

आईसीसी महिला टी–२० : नेपालले थाइल्याण्डलाई दियो १२३ रनको लक्ष्य

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले थाइल्याण्डसामु १

रौतहटमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु

रौतहट– रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि