राजनीति

लोसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि 

By खबरहब

October 04, 2023

काठमाडौँ– महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ ।

हिजोबाट काठमाडौँको बुद्धनगरस्थित एक पार्टी प्यालेसमा जारी बैठकमा समसामयिक राजनीतिक विषयसहित संगठन विस्तार र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँडका बारेमा छलफल भइरहेको महासचिव केशव झाले जानकारी दिए ।

गत असोज ८ गते केन्द्रीय कार्य समिति विस्तार गरेपछि लोसपाले पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाएको हो ।