एसियन गेम्स : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपाल पदकविहीन « Khabarhub

एसियन गेम्स : चीन १६१ स्वर्णसहित शीर्षस्थानमा, नेपाल पदकविहीन


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ ।

मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ ।

यस्तै, जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ । दक्षिण कोरिया ३२ स्वर्ण, ४२ रजत, ६५ कास्यसहित एक सय ३९ पदकका साथ पदक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

भारत १५ स्वर्ण, २६ रजत र २८ कास्यसहित ६९ पदकका साथ चौथो स्थानमा छ । उज्वेकिस्तान १४ स्वर्ण, १५ रजत र २१ कास्यसहित ५० पदकका साथ पदक तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

यसैगरी, चाइनिज ताइपेई १२ स्वर्ण, १० रजत र १८ कास्यसहित ४० पदक प्राप्त गर्दै छैटौँ, थाइल्याण्ड १० स्वर्ण, ११ रजत र १९ कास्यका साथ सातौँ, दक्षिण कोरिया सात स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदकका साथ आठौँ, बहराइन सात स्वर्ण, एक रजत र चार कास्यसहित १२ पदकका साथ नवौँ तथा हङ्कङ चाइना ६ स्वर्ण, १५ रजत र २४ कास्यसहित कुल ४५ पदक प्राप्त गर्दै पदक तालिकाको १०औँ स्थानमा रहेका छन् ।

एसियाली खेलकुदमा कुल सहभागी ४५ मुलुकमध्ये हालसम्म ३६ मुलुकले पदक प्राप्त गरेका छन् । नेपाल भने हालसम्म पदकविहीन अवस्थामा छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : ५२ बजे

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य ५०० ले बढेको छ

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

गण्डकी– पोखरादेखि म्याग्दीको बेनी हुँदै मुस्ताङ जोड्ने सडक बाढीपहिराले अवरुद्ध

इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

चितवन– इच्छाकामना आधारभूत अस्पतालले नवनिर्मित भवनबाट स्वास्थ्य सेवा सुरुआत गरेको

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली