सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अपिल | Khabarhub Khabarhub

सामाजिक सद्भाव खलबलिने काममा नलाग्न अपिल


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् ।

समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अशान्ति मच्चाउने मनसायले देशका विभिन्न भूभागमा सामाजिक सद्भाव प्रतिकूलका क्रियाकलाप भइरहेकाेप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संविधानविरोधी काममा नलाग्न सबैलाई आग्रह गरेका हुन् ।

पार्टीले सञ्चालन गरेको ‘समाजवादी जागरण अभियान–२०८०’ का क्रममा जनकपुरधाम पुगेका अध्यक्ष नेपालले विभिन्न नाममा देखिन थालेका निराशा एवं आक्रोशलाई सम्बोधन गर्न समाजवादी नीति, कार्यक्रम, योजना, बजेट र क्रियाकलापको विकल्प नरहेको बताए ।

राजनीतिक क्रान्ति सफल भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न बाँकी रहेको उल्लेख गर्दै उनले समाजवादका मूल्य, मान्यतालाई आत्मसात गर्दै नेपालको संविधानमा सहमतिका साथ लिपिबद्ध गरेको प्रतिवद्धताप्रति सबै इमानदार बन्नुपर्ने धारणा राखे ।

फरक प्रसङ्गमा अध्यक्ष नेपालले नेपाली कांग्रेसबिनाको सरकार कल्पना गर्न नसकिने भन्दै वर्तमान गठबन्धनले सहमतिका आधारमा आफ्नो कार्यभार पूरा गर्नेसमेत स्पष्ट पारे । ‘वर्तमान सरकारले राम्रा काम गर्न खोजे पनि पर्याप्त भएन । त्यसैकारण सरकारलाई दबाब, सुझाव र सहयोग गरी अगाडि बढ्न सबैले इमानदार प्रयत्न गर्न जरुरी छ । त्यसमा हाम्रो पार्टी प्रतिबद्ध छ’, उनले भने ।

एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि झापाको मेचीनगरबाट ‘समाजवादी जागरण अभियान–२०८०’ सुरु गरेको छ । यो अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने छ । 

‘रोजगारी, समृद्धि र सुशासन’को नाराका साथ सुरु भएको अभियानका क्रममा पूर्वमेचीबाट पश्चिम महाकालीसम्म पुगेर समृद्धि र समाजवादका बारेमा जागरण ल्याउने अभिप्राय रहेको अध्यक्ष नेपालको भनाइ छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ५९ बजे

भ्रष्टाचारविरुद्ध ‘नेपालगञ्ज वाकाथन’

बाँके– भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना

ताप्लेजुङको फुङ्लिङमा आगलागी, पाँच लाख बराबरको क्षति

ताप्लेजुङ–  ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहान एक घरमा आगलागी

जीर्ण कारागारमा कैदीको भीड, पक्की भवन रित्तै

ओखलढुङ्गा– ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या

साउदी प्रो लिग : रोनाल्डो सम्मिलित अल नासरको सहज जित

काठमाडौँ– साउदी प्रो लिगमा अल नासरले सहज जित निकालेको छ

परराष्ट्रमन्त्री साउद आज कतारको दोहा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर