धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र हुने | Khabarhub Khabarhub

धनगढी–दिपायल द्रुतमार्ग कालोपत्र हुने


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

कैलाली– धनगढी–खुटिया– बीपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ ।

योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ । 

गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ ।

धनगढी–खुटिया–बीपीनगर–दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो । धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो । 

कैलालीमा थप साढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको प्रमुख रावलले बताए । उनका अनुसार चार खण्डमा सडक कालोपत्रको काम हुँदैछ । ठेक्का भएका चार सडकको भौतिक प्रगति औसतमा ६५ प्रतिशत भएको जनाएको छ ।

डोटीमा छ किलोमिटर कालोपत्र गरिएको छ । डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा एक महिनापछि कालोपत्रको काम सुरु हुने छ । द्रुतमार्गको ४३ दशमलव आठ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकामा ६५ प्रतिशतमात्र काम पूरा भएको छ ।

धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ सालमा पिपलचौताराबाट स्याउलेसम्मको १३ दशमलव चार किलोमिटरमा कालोपत्र गर्न १६ करोड ४० लाखमा ठेक्का भएको थियो । 

दिपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले सडकको काम गर्दैछ । विसं २०७८ मा ठेक्का सम्झौता गरिएको भए पनि बजेट अभावका कारण सडक निर्माणको काम अलपत्र परेकामा चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेको छ । 

विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको औपचारिकरूपमा सर्भे गरी ट्रयाक खोल्न थालिएको थियो । त्यसबेला खुटियाबाट दिपायलसम्म ८२ किलोमिटर सडक सर्भे भएको थियो । पछि पूर्व–पश्चिम राजमार्गबाट धनगढीसम्मको १० किलोमिटर सडक पनि थपेर ९२ किलोमिटरमा काम भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ११ : २८ बजे

सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ : उपमहासचिव ज्ञवाली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सामुदायिक वनलाई

शैलुङमा फस्टाउँदो होटल व्यवसाय (तस्बिरहरू)

दोलखा– जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल शैलुङमा पछिल्ला महिनाहरूमा पर्यटक

आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री, अघोरीहरूसँग मिलेमतोको आशंका

काठमाडौं– पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला जलिरहेको शवबाट हड्डी र

झलनाथ भन्छन्- अध्यक्षले एकोहोरो प्रवचन दिनु भयो, समस्यामा प्रवेश नै गर्नु भएन

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानि नेता

पाल्पामा भगवती रथजात्राको तयारी गरिँदै

तानसेन– नेपाल-अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा गरिने ऐतिहासिक भगवती