जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले सचेत हुन आवश्यक : ओली  | Khabarhub Khabarhub

जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले सचेत हुन आवश्यक : ओली 


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्त्वको निहित स्वार्थमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास भएकाले जनता सचेत हुनुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा संचारकर्मीहरुसंग कुरा गर्दै अध्यक्ष ओलीले नेपाल बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले यसलाई यसै आधारमा एकताबद्ध बनाएर लैजानु पर्ने धारणा राखे । उनले मुलुकमा जातीय र धार्मिक सद्भाव बिथोल्ने प्रयास हुनु अत्यन्त संवेदनशिल विषय भएको बताए । उनले कुनै पनि धर्म प्रति आस्था राख्न पाइने तर मुलुकमा परिर्वतन गर्न सोचे जस्तो सहज नहुने बताए ।

अध्यक्ष ओलीले नेपाललाई हिन्दु राष्ट्र बनाउन संसद्को दुई तिहाइ मत चाहिने समेत स्पष्ट पारे । उनले विद्वेष र विरोधबाट आएको परिणामले मुलुक र जनताको हित नगर्ने र असल परिणाम पनि नदिने बताए ।

अध्यक्ष ओलीले मुलुकमा अराजकता र अस्थिरताका साथै महँगीमूल्यवृद्धि हुँदा समेत नेपाली कांग्रेस चुप लागेर बसेको भन्दै कांग्रेस कहाँ छ भनेर प्रश्न गरे ।

त्यस्तै अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन कुनै पनि हालतमा उपयुक्त नभएको भन्दै यसका लागि राजनैतिक दलहरू संवेदनशिल हुनुपर्ने बताए । उनले दलहरू मिल्नुको विकल्प नभएकाले मध्यावधि बाटो जान नहुने बताउँदै यदि निर्वाचन भइहाले एमालेले बहुमत ल्याउनेमा ढुक्क रहेको बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ३ : ३५ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (पूर्णपाठ)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा