वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै काम गर्न सक्दैन : माधव नेपाल « Khabarhub

वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै काम गर्न सक्दैन : माधव नेपाल


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् । 

मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारमा केही कमी कमजोरी भएपनि सुधार गर्न आफूहरू अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गरे ।

देशमा एक परिवारको शासन र वर्चस्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरु भएको भन्दै उनले आफूहरू देशमा भएको परिवर्तनको रक्षाका लागि सँधै तत्पर रहने धारणा राखे ।

उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरू केन्द्रित रहेको र समृद्दि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिए ।  

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : २९ बजे

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ

सुनसरीबाट २५ क्विन्टल बढी गाँजासहित दुईजना पक्राउ

सुनसरी– प्रहरीले इनरुवाबाट दुई हजार ५६६ किलो गाँजासहित दुई जनालाई पक्राउ

समुदायमा सचेतना जगाउँदै बाजुरा प्रहरी प्रशासन : घटनाअघि नै रोकथामको प्रयास

बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई

बन्दसत्रका एजेन्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू

कांग्रेस महाधिवेशनमा देखिए देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण

काठमाडौं– पूर्व सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र बालकृष्ण खाँण पनि