वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै काम गर्न सक्दैन : माधव नेपाल « Khabarhub

वर्तमान गठबन्धनले कांग्रेसबिना कुनै काम गर्न सक्दैन : माधव नेपाल


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले वर्तमान गठबन्धनले कांग्रेस बिना कुनै पनि काम गर्न नसक्ने बताएका छन् । 

मेची महाकाली समाजवादी जागरण अभियानको क्रममा धनुषाको जनकपुरधाम पुग्नुभएका अध्यक्ष नेपालले समाजवादी प्रेस संगठन मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस बिनाको सरकारको कल्पना समेत अहिले गर्न नसक्ने बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारमा केही कमी कमजोरी भएपनि सुधार गर्न आफूहरू अभिप्रेरित गर्दै सरकारलाई बचाइ राख्ने जिकिर गरे ।

देशमा एक परिवारको शासन र वर्चस्वका लागि धार्मिक अतिवादका क्रियाकलाप सुरु भएको भन्दै उनले आफूहरू देशमा भएको परिवर्तनको रक्षाका लागि सँधै तत्पर रहने धारणा राखे ।

उनले संविधानमा उल्लेखित समाजवादका मुख्य आधार शिक्षा, स्वास्थ्य, रोजगारका लागि आफूहरू केन्द्रित रहेको र समृद्दि र सुशासनका लागि यो अभियान चलाइरहेको जानकारी दिए ।  

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ४ : २९ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६