चाडबाडमा सार्वजनिक यातायात सहज बनाउँछौँ : मन्त्री ज्वाला | Khabarhub Khabarhub

चाडबाडमा सार्वजनिक यातायात सहज बनाउँछौँ : मन्त्री ज्वाला


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले दसैँ, तिहार र छठ पर्वको समयमा बढी आवतजावत हुने भएकाले सो समयमा सार्वजनिक यातायातलाई सहज बनाइने बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको यातायात पूर्वाधार विकास समितिको आजको बैठकमा मन्त्री ज्वालाले सीमित स्रोतका बाबजुद पनि चाडबाडमा सार्वजनिक यातायात यात्रुमैत्री बनाउन सरकारले विशेष ध्यान दिने बताए ।

उनले भने, ‘बजेट कम भए पनि चाडबाडलाई लक्षित गरी राजमार्गको मर्मत तथा कच्ची सडक स्तरोन्नतिका लागि सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहजीकरण गर्न सरकार प्रतिबद्ध छ ।’

निरन्तरको वर्षाका कारण सडक मर्मत प्रभावित भइरहेको जनाउँदै मन्त्री ज्वालाले दशैँलगायतका पर्वमा यात्रा गर्नेका लागि अग्रिम टिकट बुकिङदेखि  विनासास्ती गन्तव्य पुग्ने र फर्कनका लागि सहज बनाउनका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।

यस वर्षको दसैँको अवसरमा काठमाडौँ उपत्यकाबाट कम्तीमा १५ लाख यात्रु विभिन्न जिल्लामा जाने अनुमान गरिएको छ । सरकारले दसैँलगायतका चाडपर्वका लागि दैनिक उपभोग्य वस्तुलगायतमा हुनसक्ने कालोबजारी, मिसावट, कृत्रिम अभाव रोक्नका लागि प्रभावकारी संयन्त्र परिचालन गरिरहेको उनको भनाइ छ । 

बैठकमा समिति सदस्य ठाकुर गैरे, महेश बस्नेत, प्रतिमा गौतम, दिनेशकुमार यादव, माधव सापकोटालगायतले चाडबाडलाई लक्षित गरी यात्रुको यात्रा सहज बराउन प्रत्येक स्थानीय तहलाई सडक मर्मत र स्तरोन्नतिका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेका थिए। चाडपर्वलाई सुखद् बनाउन यात्रुको सुरक्षामा ध्यान दिन उनीहरूले आग्रह गरे। 

दसैँमा घर जाने सन्दर्भमा उपत्यकाबाट बाहिरिने नाकामा हुने सवारीको चाप व्यवस्थापन तथा यात्राका क्रममा होटलमा यात्रुको खानामा हुनसक्ने मूल्यवृद्धि नियन्त्रणका लागि पनि ध्यान दिन उनीहरूको सुझाव दिए। 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ६ : २७ बजे

साताको पहिलो दिन नेप्सेमा गयो पहिरो, २२५ वटा कम्पनीको घट्यो शेयर मूल्य

काठमाडौं– साताको पहिलो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले ओरालो

इरानी प्रत्याक्रमणबाट इजरायलको तेल अभिभमा ठूलो क्षति, अपार्टमेन्ट ढल्दा २७ जना घाइते 

अमेरिका–इजरायलको आक्रमणको जवाफस्वरूप इरानले लगातार मिसाइल हानिरहेको छ । आइतबार

इरानमा अमेरिकी आक्रमण : ओमान, कतार र इराकले के भने ? 

तेहारन– इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणपछि प्रतिक्रिया आउन थालेका छन्।

रहेनन् घाटेवैद्य सुवर्ण बा 

काठमाडौं– पशुपति आर्यघाट सेवा केन्द्रमा अवस्थित पशुपति आर्यघाट आयुर्वेदिक चिकित्सालयका

६१ किलो सुन तस्करी प्रकरण : अमलालाई सरकारी वकिलसमक्ष पेश गरियो

काठमाडौं–  ६१ किलो सुनकाण्डमा पक्राउ परेकी अमला रोकालाई सरकारी वकिलसमक्ष