संसदीय समिति बङ्गलादेश भ्रमणमा « Khabarhub

संसदीय समिति बङ्गलादेश भ्रमणमा


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत तथा सुशासन समितिका अध्यक्षद्वय डा आरजु राणा देउवा तथा प्रकाश पन्थले नेतृत्व गरेको ११ सदस्यीय संयुक्त संसदीय प्रतिनिधिमण्डलले बङ्गलादेशका सभामुख सिरिन सर्मिन चौधरीसँग शिष्टाचार भेट गरेको छ ।  

त्यस अवसरमा दुवै पक्षले नेपाल र बङ्गलादेशबीचको आपसी सम्बन्ध विस्तारमा दुवै देशका संसदीय समितिले निर्वाह गरेका भूमिकाको सराहना गरेका थिए । 

ढाकास्थित नेपाली दूतावासका अनुसार मङ्गलबार भएको उक्त भेटमा दुवै पक्षले पारस्परिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा विचार आदानप्रदान गरेका थिए । 

नेपाली संसदीय प्रतिनिधिमण्डलले कृषिमन्त्री डा मुहम्मद अब्दुर रज्जाकसँग पनि छलफल गरेको छ । भेटका अवसरमा दुवै पक्षले कृषि क्षेत्रमा सहकार्य तथा प्रविधि हस्तान्तरणका साथै खाद्य सुरक्षा सुनिश्चित गर्नेतर्फ द्विपक्षीय सहयोग बढाउनुपर्नेमा जोड दिएको छ । नेपाली प्रतिनिधिमण्डलले परराष्ट्र राज्यमन्त्री मोहम्मद शाहरिर आलमसँग पनि भेट गरेको छ । 

त्यस अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, दिगो विकास, खाद्य सुरक्षालगायत साझा चासोका विषयमा छलफल भएको थियो । 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : १० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६