ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ | Khabarhub Khabarhub

ठगी कार्यमा संलग्न पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले पाकिस्तानी र अजरबैजनी नागरिक पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा पाकिस्तानका नाजिर मोहमद र अजरबैजका आयसेल हुसेनिल रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई मंगलबार ठमेलबाट पक्राउ गरेको हो ।

उनीहरूले बैदेशिक रोजगारको लागि चेक रिपब्लिक, नर्वे, पोल्याण्ड, पोर्चुगल लगायतका देशमा पठाई दिन्छु भनि वर्कपर्मिट लगायतका नक्कली कागजातहरू देखाई विश्वासमा पारी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । प्रतिव्यक्ति एक लाख ३३ हजारका दरले ८० लाख रुपैयाँ उनीहरुले ठगी गरेको अनुमान छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु काठमाडौँमा पठाईएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ९ : ५५ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा