अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू | Khabarhub Khabarhub

अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल सुरु गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न स्थानहरूमा बुधबार बिहान सुरू भएको थियो भने अपरान्ह्सम्म वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने यूनियनले बताएको छ । वेस्ट कोस्टमा कम्पनीको कार्यबलको विशाल बहुमत रहेको छ ।

स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्स’ गठबन्धनले गत महिना एक विज्ञप्ति जारी गर्दै यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो ।

गठबन्धनले ‘यदि कैसरले अनुचित श्रम अभ्यासहरू जारी राख्यो भने’ नोभेम्बरमा थप हडतालमा सम्लग्न हुने’ चेतावनी दिएको छ ।

युनियनले बोर्डमा तलब वृद्धि, र श्रमको उप–सम्झौता र बाह्य आपूर्तिविरुद्ध सुरक्षा, अन्य मागहरू सम्बोधन गर्ने माग राखेको छ ।

कैसर परमानेन्टीले एक विज्ञप्ति जारी गर्दै तीन दिने हडतालमा आफ्ना स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ, “केही यूनियनहरूले कर्मचारीहरूलाई श्रमिक हडतालमा भाग लिन आह्वान गरेका छन् । यसबाट हामी दुःखी भएका छौँ ।”

कम्पनीले आकस्मिक योजनाहरू लागू गरेको तर ग्राहकहरूलाई ‘सामान्य भन्दा लामो’ प्रतिक्षाको समयको अपेक्षा गर्न चेतावनी दिएको छ ।

“हडतालको समयमा हाम्रा स्वास्थ्य केन्द्रहरू खुला रहनेछन् र हाम्रा चिकित्सकहरू, प्रशिक्षित तथा अनुभवी प्रबन्धकहरू र कर्मचारीहरूद्वारा सेवा प्रवाह गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ४० बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु