अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू « Khabarhub

अमेरिकाका पचहत्तर हजारभन्दा बढी स्वास्थ्यकर्मीद्वारा हड्ताल शुरू


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल सुरु गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न स्थानहरूमा बुधबार बिहान सुरू भएको थियो भने अपरान्ह्सम्म वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने यूनियनले बताएको छ । वेस्ट कोस्टमा कम्पनीको कार्यबलको विशाल बहुमत रहेको छ ।

स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्स’ गठबन्धनले गत महिना एक विज्ञप्ति जारी गर्दै यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो ।

गठबन्धनले ‘यदि कैसरले अनुचित श्रम अभ्यासहरू जारी राख्यो भने’ नोभेम्बरमा थप हडतालमा सम्लग्न हुने’ चेतावनी दिएको छ ।

युनियनले बोर्डमा तलब वृद्धि, र श्रमको उप–सम्झौता र बाह्य आपूर्तिविरुद्ध सुरक्षा, अन्य मागहरू सम्बोधन गर्ने माग राखेको छ ।

कैसर परमानेन्टीले एक विज्ञप्ति जारी गर्दै तीन दिने हडतालमा आफ्ना स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ, “केही यूनियनहरूले कर्मचारीहरूलाई श्रमिक हडतालमा भाग लिन आह्वान गरेका छन् । यसबाट हामी दुःखी भएका छौँ ।”

कम्पनीले आकस्मिक योजनाहरू लागू गरेको तर ग्राहकहरूलाई ‘सामान्य भन्दा लामो’ प्रतिक्षाको समयको अपेक्षा गर्न चेतावनी दिएको छ ।

“हडतालको समयमा हाम्रा स्वास्थ्य केन्द्रहरू खुला रहनेछन् र हाम्रा चिकित्सकहरू, प्रशिक्षित तथा अनुभवी प्रबन्धकहरू र कर्मचारीहरूद्वारा सेवा प्रवाह गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  १० : ४० बजे

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो

लहान पुगे गृहमन्त्री गुरुङ, सुरक्षा अवस्था र कर्फ्युबारे उच्चस्तरीय छलफल

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सिरहाको लहान पुगेका छन् ।

भरतपुरमा सद्‌भाव र्‍याली (तस्बिरहरू)

भरतपुर – एकताको सन्देश दिन चितवनको भरतपुरमा सद्भाव र्‍याली निकालिएको

विद्यालयमा महिनावारी स्वास्थ्य शिक्षा प्रभावकारी बनाउन जोड

काठमाडौं – विद्यालय शिक्षा प्रणालीमा महिनावारी स्वास्थ्य शिक्षालाई व्यवस्थित रूपमा