जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प : ठूलो जनधनको क्षति « Khabarhub

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प : ठूलो जनधनको क्षति

राहत र उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार तीन वटा परकम्प गएको छ।

भूकम्पमा परी ठूलो जनधनको क्षति भएको स्थानीस्य अधिकारीहरुले बताएका छन्। भूकम्पको प्रभाव जाजरकोटर रुकुममा सबैभन्दा बढी देखिएको छ।

राहत र उद्धारमा जुट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : १७ बजे

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११