जाजरकोट भूकम्पको राहत र उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन « Khabarhub

जाजरकोट भूकम्पको राहत र उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाजरकोट भूकम्पको राहत र उद्धारमा जुट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् ।

‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिले मर्माहित भएको छु। घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन्। उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्दछु।’’

मध्यरातको घटना भएकाले क्षति बढी भएको अनुमान गरिएको छ । घाइतेहको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् ।

भूकम्पको प्रभाव जाजरकोट र रुकुम पश्चिमा बढी देखिएको छ । यसको झड्काभने काठमाडौंसम्म महसुस गरिएको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : २५ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान