जाजरकोट भूकम्पमा परेर सयौंको मृत्यु : प्रधानमन्त्रीसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा जाँदै « Khabarhub

जाजरकोट भूकम्पमा परेर सयौंको मृत्यु : प्रधानमन्त्रीसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा जाँदै


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाजरकोटको रामीडाँडा केन्द्र बिन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्प गएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मीको टोलीसहित जाजरकोट जान लागेका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बिहानैदेखि घाइतेको खोज र उपचारका लागि सुर्खेतबाट तीन वटा हेलिकप्टर परिचालन भएका छन् ।

‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति चार पटक ६.४,४.८,४.२, ४.३ म्याग्निच्युडको भूकम्पका कारण रूकुम पश्चिम र जाजरकोटका सयौको मृत्यु र घाइते भएको खबरले अत्यन्त मर्माहित बनायो’’, प्रधानमन्त्रीको निजी सचिवालयले भनेको छ, ‘‘घाइतेहको तत्काल खोज तथा उद्धारका लागि सुरक्षाका तीनवटै निकाय, स्थानीय पालिकाका प्रतिनिधि, स्थानीय युवाहरू लाग्नुभएको छ।’’

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ठूलो भूकम्पपछि लगातार परकम्प गएका छन् । मध्यरातमा ठुलो भूकम्प गएकाले ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रधानमन्त्री कार्यालयले सयौंको मृत्यु भएको उल्लेख गरे पनि एकिन विवरण आइसकेको छैन ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ४४ बजे

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा