आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै « Khabarhub

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


363
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयको आह्वानमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत हिजो खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ए र जुकाको औषधी खुवाउन लागिएको हो ।

सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते गरी दुई पटक नियमित रुपमा भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने गरेको छ ।

तर, यसपटक सो समयमा नेपालीहरूको महान पर्व बडादशैँ परेपछि पूर्व निर्धारित मिति सार्नु परेको थियो । जसका कारण यसपटक सो कार्यक्रम कात्तिक १७ र १८ गते राखिएको हो ।

अभियानमा ६ देखि ५९ महिनाका झण्डै ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रम अन्तर्गत १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा धेरै बालबालिकाहरूलाई जुकाको औषधि पनि खुवाइने योजना रहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ५४ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम