जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या ७० नाघ्यो | Khabarhub Khabarhub

जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या ७० नाघ्यो


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाजरकोटमा गएरातिको भूकम्पमा परी मृत्यु हुनेको संख्या ७० नाघेको छ । पछिल्लो जानकारी अनुसार जाजरकोटमा ३७ र रुकुम पश्चिममा ३५ जनाको मृत्यु भएको छ ।

गएराती ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा ठुलो मानवीय र भौतिक क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयले विवरणहरू आउने क्रम जारी रहेको जनाएको छ ।

भूकम्पले घर भत्किँदा घाइते भएकाहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । अहिले पनि उद्धारको क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : १३ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर