नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त « Khabarhub

नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति भारतीय प्रधानमन्त्री मोदीबाट दुःख व्यक्त


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

आज बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भूकम्पबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

उनले नेपाली जनताको दुःखमा भारत पनि सँगै उभिएको बताउँदै सम्भव भएसम्मका सबै सहयोग गर्न तयार रहेको बताएका छन् ।

गएराति जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पमा परी ठूलो जनधनको क्षति भएको छ । क्षतिको विरण संकलन भइरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ३४ बजे

टिपर दुर्घटनामा एक युवकको मृत्यु

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका–२ जोर्तेस्थित विश्वकर्मा मन्दिर नजिकै टिपर दुर्घटना

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,