उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय | Khabarhub Khabarhub

उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर सरकारका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज बिहान बसेको कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रका दुवै जिल्लामा उद्धार तथा राहतका लागि सबै निकायसँग समन्वय, सहकार्यका साथै सहयोगका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री जिसीले भने, ‘अहिले तत्काल प्रभावित क्षेत्रमा मेडिकल टोली पठाइएको छ । हामी राहत सामग्री तत्काल पठाउँदै छौँ । अपुग भएमा थप खरिद गर्ने गरी निर्णय पनि गरेका छौँ ।’

प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेतमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको बताए । 

उनले विपद् प्रतिकार्यका लागि सरकारले सोधभर्ना हुने गरी बजेट खर्च गर्न खर्चसम्बन्धी व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : ०६ बजे

न कमाएको धन, न रमाएको मन

एउटा गाउँमा एकजना बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । उनको प्रसिद्धि

मौसम विज्ञान, भारत र अन्ना मुनी

जलवायु परिवर्तन चर्चामा रहनु धेरै अघि नै एक भारतीय महिला

एनएसएल फुटबल : आज पोखरा र काठमाडौँबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थण्डर्स र

जाजरकोट भूकम्प : नौ करोड बराबरको खाद्यान्न क्षति

जाजरकोट– जाजरकोट भूकम्पबाट नौ करोडभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको

इंग्लिस प्रिमियर लिग : न्यूक्यासलमाथि टोटनह्यामको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम विजयी भएको छ ।