उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय « Khabarhub

उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली सरकारको निर्णय


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकतामा राखेर सरकारका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज बिहान बसेको कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार बैठकले भूकम्प प्रभावित क्षेत्रका दुवै जिल्लामा उद्धार तथा राहतका लागि सबै निकायसँग समन्वय, सहकार्यका साथै सहयोगका लागि आह्वान गर्ने निर्णय पनि गरेको छ ।

मन्त्री जिसीले भने, ‘अहिले तत्काल प्रभावित क्षेत्रमा मेडिकल टोली पठाइएको छ । हामी राहत सामग्री तत्काल पठाउँदै छौँ । अपुग भएमा थप खरिद गर्ने गरी निर्णय पनि गरेका छौँ ।’

प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेतमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि गरिरहेको बताए । 

उनले विपद् प्रतिकार्यका लागि सरकारले सोधभर्ना हुने गरी बजेट खर्च गर्न खर्चसम्बन्धी व्यवस्था मिलाइएको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ११ : ०६ बजे

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६