भूकम्पका घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने « Khabarhub

भूकम्पका घाइतेहरूको सरकारले निःशुल्क उपचार गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जाजरकोट र रुकुममा भूकम्पमा परेर घाइते भएकाहरूको उपचार सरकारले निःशुल्क गर्ने बताएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले घाइतेहरूको उपचारका लागि स्वास्थ्यकर्मीहरूको टोली घटनास्थल पठाइसकिएको जानकारी दिँदै आवश्यकताअनुसार थप उपचारका लागि औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा राखिएको जानकारी दिए ।

उनले भने, ‘त्यहीँ उपचार गर्नुपर्ने घाइतेहरूको उपचार त्यही गर्छौँ, त्यहाँ उपचार सम्भव नहुनेलाई हेलिकप्टरबाट भए पनि सुविधासम्पन्न अस्पताल ल्याएर उपचार गर्छौँ । उपचारमा कुनै कमी हुने छैन ।’

मन्त्री बस्नेतले प्राकृतिक विपत्तिका बेला सरकारले उपचारमा कुनै कमी हुन नदिने बताए। उनले जाजरकोट र रुकुमका घाइतेको अवस्था हेरेर उपचारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा मन्त्रालयका विज्ञहरूसँग सल्लाह गरेर अगाडि बढ्ने जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : १६ बजे

पूर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगियो

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालत लगिएको

खगेन्द्र सुनारलाई नयाँ केन्द्रीय कमिटीले कारबाही गर्न सक्छ : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनिष झाले नेता खगेन्द्र

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडौं– मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन– माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको विकल्पमा ढैँचा

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडौं– सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका