गण्डकी सरकारले पठायो भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकको टोली « Khabarhub

गण्डकी सरकारले पठायो भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकको टोली


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मी सहितको टोली पठाएको छ ।

भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो ।

प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्‍याउने उद्देश्यले प्रदेश सरकारले स्वास्थ्य सामग्री सहितको टोली पठाइएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारको तर्फबाट अपिल जारी गर्दै उनले जाजरकोट र रुकुमपश्चिममा भएको ठूलो मानवीय तथा भौतिक क्षतिको घटनाले मर्माहत बनाएको बताएका छन् ।

‘विपद्को यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न विभिन्न संघसंस्था तथा नागरिक समाज लगायत सम्बन्धित सबैलाई गण्डकी प्रदेश सरकार अपिल गर्दछ’ मुख्यमन्त्री पाण्डेद्वारा जारी अपिलमा भनिएको छ ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको तर्फबाट भूकम्प प्रभावित क्षेत्रका नागरिकको उद्धार, उपचार, राहत, पुनर्निर्माण लगायतका कार्यमा कर्णाली प्रदेश सरकारसँगको समन्वयमा आवश्यक सहयोग गर्ने प्रयास निरन्तर रहने बताएका छन् । 

शुक्रवार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका– १ केन्द्रबिन्दु भएर गएको भुकम्पबाट जाजरकोट र रुकुमपश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : ३७ बजे

केवलकार निर्माणको काम अघि बढाउनुपर्ने भन्दै ताप्लेजुङमा र्‍याली

ताप्लेजुङ – ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

म्याग्दी – जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न

रवि र शिशिरले भनेजस्तै नेपाल-भारत सम्बन्ध ‘रिसेट’ भएकै हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने भारत भ्रमणबाट

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

काठमाडौं– सोमबारदेखि निजामती कर्मचारीले पाउने स्वास्थ्यसम्बन्धी सेवासुविधा चितवनको भरतपुर अस्पताल