कोशी सरकारले भूकम्पपीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने « Khabarhub

कोशी सरकारले भूकम्पपीडितलाई १ करोड रुपैयाँ सहयोग गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारले भूकम्पपीडितहरूका लागि १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ ।

जाजरकोटलाइ केन्द्र बनाएर गएराती गएको भूकम्पबाट प्रभावितका लागि कोशी सरकारले एक करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको हो ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीका अनुसार प्रदेश विपद कोषबाट एक करोड नगद कर्णाली प्रदेश सरकारलाई पठाइने छ भने त्रिपाल, मेट्रेस, कम्बललगायतका अति आवाश्यक सामाग्री एक–एक हजार थान पठाउने तयारीका साथ काम सुरू भएको छ ।

मुख्यमन्त्री निवासमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भूकम्पपीडितका लागि अति आवश्यक सामग्री तत्कालै पठाउने तयारी लगभग पूरा गरिएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ३१ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६