सर्वदलीय सरकारको पक्षमा छौँ : कोशीका मुख्यमन्त्री कार्की « Khabarhub

सर्वदलीय सरकारको पक्षमा छौँ : कोशीका मुख्यमन्त्री कार्की


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफू सर्वदलीय सरकार गठनको पक्षमा रहेको बताएका छन् ।

आज आफ्नै निवासमा पत्रकार सम्मेलन गरेर उनले वर्तमान सरकारलाई सर्वदलीय स्वरुप दिन नै आफूले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्यलाई मन्त्रिपरिषदमा सामेल गराएको स्पष्ट पारे । साथै उनले सरकारले चाँडै पूर्णता पाउने बताए ।

कोशी प्रदेशको भौतिक विकासका निम्ति आफू लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले सुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको दाबी गरे । उनले कृषिलाई निर्यातमुखी बनाउन ठोस योजनाका साथ अघि बढ्ने दृढता व्यक्त गरे ।

कोशी प्रदेश सरकार जाजरकोट भूकम्पबाट पीडित भएकाहरूका साथमा रहेको बताउँदै मुख्यमन्त्री कार्कीले सहयोगस्वरुप तत्काल एक हजार थान कम्बल, एक हजार थान त्रिपाल र एक हजार वटा बिछ्यौना प्रदान गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ५९ बजे

रविको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ जारी, हेर्दाहेर्दैमा राखेर निरन्तर बहस

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको