पाकिस्तान अधिनस्थ कश्मीरमा सरकार विरोधी प्रदर्शन « Khabarhub

पाकिस्तान अधिनस्थ कश्मीरमा सरकार विरोधी प्रदर्शन


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मुजफ्फरवाद- पाकिस्तान अधिनस्थ कश्मीरमा व्यापक सरकार विरोधी प्रदर्शन भएको छ । भारी वर्षाको परवाह नगरी हजारौँ विद्यार्थीले पाकिस्तान अधिनस्थ कश्मीरमा प्रदर्शन गरेका हुन् ।

आफ्नो क्षेत्रमा कायम अन्याय, मुद्रास्फीति, उच्च बेरोजगारी र बढ्दो उग्रवाद नियन्त्रण गर्न नसकेको भन्दै पाकिस्तान सरकारविरुद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले सन् १९६२ मा कश्मीरमा निःशुल्क विद्युत प्रदान गर्ने पाकिस्तान सरकारले गरेको बाचा पूरा नभएकोसमेत जनाएका छन् । उनीहरुले गहुँको पिठोलगायत अत्यावश्यक खाद्यान्नमा अनुदान दिनसमेत सरकारसँग माग गरेका छन् ।

भारतीय समाचार संस्था टाइम्स अफ इन्डियाले जनाएअनुसार पछिल्लो समय बढ्दो महङ्गी, दण्डहीनता र आर्थिक चुनौतिका कारण पाकिस्तान अधिनस्थ कश्मीरमा सरकारप्रति आक्रोश बढ्दै गएको छ ।

प्रदर्शनमा विद्यार्थीसँगै मजदुर, नागरिक समाजका सदस्यहरु, स्थानीय बासिन्दाहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १२ : २३ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने