एमाले उपमहासचिव रिमालद्वारा भूकम्पपीडितलाई राहत र सहयोग गर्न कार्यकर्तालाई निर्देशन « Khabarhub

एमाले उपमहासचिव रिमालद्वारा भूकम्पपीडितलाई राहत र सहयोग गर्न कार्यकर्तालाई निर्देशन


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमाल आज भूकम्पको केन्द्रविन्दु रहेको जाजरकोट र प्रभावित जिल्ला रुकुम पश्चिम पुगेर त्यहाँको पार्टीपङ्तीलाई भूकम्प पीडितको राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन् ।

उपमहासचिव रिमालले जाजरकोटमा भूकम्पले क्षति पुर्‍याएका घरहरूको निरीक्षण र स्थानीय जनप्रतिनिधिबाट जानकारी लिनुका साथै अस्पलातमा उपचार गराइरहेका घाइतेहरूलाई भेटी स्वास्थ्यलाभको कामना गरे ।

उनले जाजरकोट जिल्लास्थित पार्टी पङ्क्तीलाई भूकम्प प्रभावित जनतालाई राहत र सहयोग गर्नमा सम्पूर्ण ध्यान केन्द्रित गर्न निर्देशन दिएको उपमहासचिव नेतृत्वको टोलीमा रहेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

यसैगरी, उपमहासचिव रिमालले पश्चिम रुकुमका पार्टीका नेता कार्यकर्तालाई भेटेर भूकम्पपीडितको सहयोगमा खट्न निर्देशन दिएक छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : ०२ बजे

कांग्रेस एक बनाउन युवा अभियान, नैनसिंहले भने- अविश्वास र आन्तरिक किचलोले पार्टी बिग्रियो

काठमाडौं– नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विभाजन कम गर्दै विभिन्न धारबीच

अध्यापक अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

काठमाडौं- लेखक तथा अध्यापक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकाका

इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता

बग्दाद– इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म

मोरक्कोको राष्ट्रिय दिवसमा प्रदर्शनी

काठमाडौं– मोरक्कोको राष्ट्रिय दिवसका अवसरमा यहाँस्थित उक्त मुलुकको वाणिज्य दूतावासमा सो