नेपाल सुपर लिग : आज काठमाडौँ र झापा भिड्ने | Khabarhub Khabarhub

नेपाल सुपर लिग : आज काठमाडौँ र झापा भिड्ने


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौँ रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । जारी लिगमा काठमाडौँले आज तेस्रो खेल खेल्दैछ भने झापाले दोस्रो खेल खेल्न लागेको हो ।

काठमाडौँ यसअघिका दुई खेलमा अपराजित रहेको थियो । उसले पहिलो खेलमा इलामलाई हराएको थियो भने चितवनसँग बराबरी खेलेको थियो ।

यस्तै, झापा आफ्नो पहिलो खेलमा इलामसँग पराजित भएको थियो ।

जारी लिगमा २ खेल खेलेको काठमाडौँको ४ अंक छ । एक खेल खेलेको झापा अंकविहीन रहेको छ ।

यस्तै, शीर्षस्थानमा रहेको धनगढीको ७ अंक छ भने ललितपुर ५ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ०९ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका