एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश « Khabarhub

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ ।

सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन भारतमा सबैभन्दा व्यापार’ गर्ने चलचित्रको रेकर्ड एनिमलले नै बनायो ।

तेस्रो दिन पनि एनिमलले उत्कृष्ट व्यापार गरेको छ । त्यससँगै यो तीन दिनमै ‘२ सय करोड क्लब’मा प्रवेश गर्ने दोस्रो फिल्म बनेको छ । यसभन्दा अघि शाहरुख खानको जवान फिल्म तीन दिनमै २ सय करोड व्यापार गरेको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार १०० करोड भारतीय रुपैयाँमा बनेको यस फिल्मले पहिलो दिन ६३ करोड ८० लाख कमाएको थियो ।

रेकर्ड ब्रेक गर्दै दोस्रो दिन ६६ करोड ७० लाखको व्यापार गर्‍याे  । सुरुवाती दुई दिनको व्यापारलाई तुलना गर्दै एनिमले पठानलाई समेत पछि पारेको छ । त्यस्तै तेस्रो दिन अर्थात् आइतबार राति ९ बजेसम्म एनिमलले ७० करोडको व्यापार गरेको छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : ११ बजे

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध