बुण्डेस लिगा : लेभरकुजेन र डर्टमण्डको बराबरी | Khabarhub Khabarhub

बुण्डेस लिगा : लेभरकुजेन र डर्टमण्डको बराबरी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुण्डेस लिगामा बायर लेभरकुजेन र बोरुसिया डर्टमण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

डर्टमण्डका जुलियन रेयरसनलेभरकुजेनका भिक्टर बोनीफेसले एक–एक गोल गरेका थिए । डर्टमण्डका रेयरसनले खेलको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

खेलको ७९औँ मिनेटमा लेभरकुजेनका बोनीफेसले गोल गर्दै टोलीलाई हारबाट जोगाउँदै टोलीलाई एक अंक दिलाए ।

यो बराबरीसँगै १३ खेल खेलेको लेभरकुजेन ३५ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । २५ अंक भएको डर्टमण्ड पाँचौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : ०६ बजे

नवराज सुवेदीको तर्क- राप्रपा छोड्छु भनेकै थिइनँ, लिङ्देन स्वेच्छाचारी हुन थाले

काठमाडौं- राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफूलाई

‘दुखी आत्मा’को असफतापछि ‘मुनामदनको ब्रेकअप’ निर्देशन गर्दै दीपेन्द्र, हिरो राज कटुवाल

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘मुनामदनको ब्रेकअप’ बन्ने भएको

प्रधानमन्त्रीबाट मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति

नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको

अक्षय कुमारलाई टेलिप्रम्प्टरको भर, संवाद पढेको भिडियो भाइरल

काठमाडौं– चर्चित बलिउड अभिनेता अक्षय कुमार फेरि एकपटक विवादमा फसेका