एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली « Khabarhub

एमालेलाई सरकारमा जान कसैले रोक्न सक्दैन : ओली


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

सोमबार दैलेखको सदरमुकाममा आयोजित सार्वजनिक भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने भन्दै सरकारमा जान कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । उनले एमालेलाई सरकारबाट हटाएर देशमा आतंक मच्चाइएको जिकिरसमेत गरेका छन् ।

एमाले जनताको लागि काम गर्ने पार्टी भएको र देश एमालेले मात्र विकास सक्ने उनले बताएका छन् । अध्यक्ष ओलीले आगामी दिनमा विकासको लहर कसरी सिर्जना गर्ने भनेर अध्ययन र चिन्तन गर्न झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा आयोजना गरिएको बताएका छन् ।

उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान सही छ भन्ने कुरामा यात्राको क्रममा देखिएको नागरिकको सहभागिताले थप पुष्टि गरेको धारणा पनि राखे । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  २ : ५१ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले