'सिंघम अगेन'को सुटिङमा अजय देवगण घाइते | Khabarhub Khabarhub

‘सिंघम अगेन’को सुटिङमा अजय देवगण घाइते


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.3k
Shares
  • change font
  • change font
  • change font

मुम्बई अजय देवगण बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । हाल अजय आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङमा व्यस्त छन् । हालै फिल्मको पोस्टर सेयर गर्दै अभिनेताले फ्यानलाई फिल्ममा उनको एक्शनले भरिपूर्ण अवतारको झलक दिएका छन् । यो फिल्मको एक दृश्य शूट गर्दा अभिनेता घाइते भएको बताइएको छ।

मिड डेको रिपोर्टका अनुसार अजय देवगण रोहित शेट्टी र उनको टोलीसँग विलेपार्लेमा सुटिङ गरिरहेका थिए । अजय देवगण एक लडाइँको दृश्यको सुटिङ गरिरहेका थिए, जब अनायासै एक प्रहार अभिनेताको अनुहारमा लाग्यो, उनको आँखामा चोट लाग्यो।

रिपोर्टका अनुसार चोट लागेपछि अजय देवगनले केही घन्टा ब्रेक लिए र डाक्टरले उपचार गरे । यस क्रममा रोहितले आफ्नो काम प्रभावित हुन दिएनन् र बाँकी दृश्यको सुटिङ जारी राखे । 

रोहित शेट्टीको आगामी फिल्म  ‘सिंघम अगेन’ सिंघम फ्रन्चाइजीको तेस्रो किस्ता हो। फिल्ममा अजय देवगण मुख्य भूमिकामा छन् । फिल्ममा अक्षय कुमार, करीना कपूर खान, दीपिका पादुकोण र रणवीर सिंह पनि मुख्य भूमिकामा देखिने छन् । 


यिनीहरू बाहेक शिल्पा शेट्टी डीसीपी अञ्जली शेट्टीको भूमिकामा र टाइगर श्राफ ‘सिंघम अगेन’ मा एसीपी सत्य पाण्डेको भूमिकामा देखिनेछन् । यति मात्र होइन, ‘सिंघम अगेन’ मा सोनू सूद, प्रकाश राज, फरदीन खान, ज्याकी श्राफ, रणवीर सिंह र सिद्धार्थ जाधव पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : २० बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः