इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’ « Khabarhub

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर एक धारा’


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवनको इच्छाकामना गाउँपालिकाका दुई खानेपानी आयोजनाको शिलान्यास गरिएको छ । आइतबार वडा नं २ को छापडाँडादुम्किन हेप्चेक खानेपानी आयोजनाको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले शिलान्यास गरेका छन् । यहाँ अधिकांश चेपाङ समुदायको बसोबास छ । 

अध्यक्ष गुरुङले अब चेपाङ बस्तीमा ‘एक घर एक धारा’ निर्माण हुने बताए। उनले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिए । 

एक सय ९० घरधुरीका लागि दुईवटा खानेपानी आयोजनाको काम एकैसाथ सुरु गरिएको जनाउँदै गुरुङले पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको बताए। उनका अनुसार गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी योजना सम्पन्न हुनेछ ।

एक करोड ७९ लाख ७३ हजार कूल लागतको आयोजना माघ मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् । साझेदारी संस्थाको ६५, गाउँपालिकाको २५ र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजनाको काम सम्पन्न हुने उनको भनाइ थियो । 

अध्यक्ष गुरुङले मिलेर काम गर्दा समयमै योजना सम्पन्न हुने भएकाले त्रिपक्षीय साझेदारीमा काम गरिएको बताएका छन् । “यसअघि पनि यसरी साझेदारीमा काम गरेका छौँ”, उनले भने, “खानेपानीको धारा निर्माणपछि स्थानीयवासीलाई उत्पादनमा जोड्न सिँचाइको पनि व्यवस्था गर्नेछौँ ।” उनले यहाँ उत्पादित अन्न तथा तरकारी बिक्री गरी आयआर्जन गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए ।  

चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै अध्यक्ष गुरुङले गाउँपालिकाले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई सुविधासम्पन्न बनाउने काम गरिरहेको बताए। पूर्वाधार निर्माणमा श्रमदानको अभावमा काम अलपत्र पर्‍यो भन्ने अवस्था आउन नदिन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा उनले जोड दिए।

वाइन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले आयोजनाको पहिलो चरणमा अनुगमन गरिएको बताउँदै त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न हुने भएकाले निर्माणपछि स्थानीयवासीले घरमै शुद्ध खानेपानी पाउने जानकारी दिए ।

वडाध्यक्ष पञ्चबहादुर प्रजाले गाउँमा श्रमदान गर्ने संस्कृति क्रमशः हराउँदै गएको भन्दै यो आयोजना निर्माणपछि श्रमदान गर्ने बानीकोसमेत विकास हुने बताए। उनले यो आयोजना सम्पन्न भएपछि अन्य काममा पनि स्थानीयवासीलाई श्रमदान गर्न प्रेरित गरिने बताएका छन् ।

घरमै खानेपानीको धारा आउने भएपछि स्थानीयवासी खुसी भएका छन् । खानेपानी आयोजना समयमै सम्पन्न गर्नका लागि आफूहरू निरन्तर श्रमदान गर्न तयार रहेको स्थानीय आइतबहादुर चेपाङले बताए। उनले श्रमदान गर्न नसक्ने घरपरिवारको पनि समुदाय मिलेर श्रमदान गरिदिने बताए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ३ : २६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर