रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण | Khabarhub Khabarhub

रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

किएभ युक्रेनको हवाई सेनाले सोमबार रुसले हमला गरेका इरानमा निर्मित शहिद ड्रोनहरूमध्ये १८ ड्रोन र एउटा क्षेप्यास्त्रलाई खसाएको बताएको छ ।

मस्कोले सामान्यतया हरेक साता युक्रेनमा दर्जनौँ ड्रोनद्वारा हमला गर्दछ । उसले युक्रेनका ऊर्जा संयन्त्र र सैन्य ठेगानालाई लक्षित गर्दै आएको छ । युक्रेनको हवाई सेनाले एक सामाजिक मिडिया पोस्टमा भनेको छ, ‘लडाइँका क्रममा १८ वटा ड्रोन र एउटा एक्स–५९ निर्देशित क्षेप्यास्त्र नष्ट गरिएको छ ।’

स्थानीय अधिकारीहरूले लिभिभ, इभाने–फ्रान्किभिस्कखमेलनित्स्किीका पश्चिमी क्षेत्रका साथै दक्षिणमा माइकोलाइभखेरसनमा हमला भएको सूचना दिएका छन् । खेरसनमा एउटा सांस्कृतिक केन्द्र र एउटा पसललाई निशाना बनाइएको थियो । हमलामा सम्भावित हताहतको कुनै जानकारी प्राप्त भएको छैन । 

मौसम परिवर्तनसँगै तापक्रम माइनसमा झर्दा विद्युत् तथा अन्य ऊर्जा केन्द्रमा रुसले आक्रमण गर्ला कि भन्ने युक्रेनलाई डर छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ३० बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा