मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा मोरङको बेलबारी नगरपालिका-१० स्थित भाउन्नेको जङ्गलमा हात्तीको आक्रमणमा परेर एक पुरूषको  मृत्यु भएको छ । 

जङ्गली हात्तीको आक्रमणबाट ५३ वर्षीय कमल माझीको आज मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए। उनले  लेटाङ नगरपालिका–३ घर भएका माझीलाई साइकलमा घरेलु मदिरा बनाउने मर्चा बोकेर यात्रा गरिरहेका बेला सामुदायिक वन क्षेत्रमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै निधन भएको उल्लेख गरेका छन् । 

माझी लेटाङस्थित घरबाट बेलबारी लक्ष्मीमार्गको बजारतर्फ साइकलमा आउँदै गरेको बेला जङ्गली हात्तीको आक्रमणमा परेको प्रहरीको भनाइ छ । बाटो हिँड्नेले जङ्गलमा आज शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गर्दै शव परीक्षणका लागि उर्लाबारीको मङ्गलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरतर्फ पठाएका थिए । लेटाङ तथा भाउन्ने  आसपासमा रातभर दुई दर्जनभन्दा बढी छावा  सहितको जङ्गली हात्ती देखापरेकाले स्थानीयको सहयोग लिएर प्रहरीले हात्तीको बथानलाई जङ्गलतर्फ धपाउने काम गरेको यहाँका स्थानीयले बताएका छन् । 

कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा केही दिनदेखि जङ्गली हात्तीको आतंक बढेको छ । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा उपद्रो  मच्चाइरहँदा सर्वसाधारण त्रसित एवं भयभीत भएका छन् । सर्वसाधारणको घर भत्काइ दिनेदेखि बालीनाली खाने र मान्छे मार्नेसम्मको वितण्डा जङ्गली हात्तीले मच्चाइरहेको मोरङ प्रहरीका प्रवक्ता  दाहालले उल्लेख गरे । 

हालसम्म मोरङ, झापा सुनसरी जिल्लामा जङ्गली हात्तीको आक्रमणमा परी एक साताभित्रमा चार जनाले ज्यान गुमाइ सकेका छन् । हात्तीको आहारा जङ्गलमा सकिएपछि मानव बस्तीतर्फ हात्तीले निशाना बनाउँदै आएको जिल्ला डिभिजन वन कार्यालय मोरङका प्रमुख  विष्णुलाल घिमिरेले जानकारी दिए। उनले हात्तीले धनजनको क्षति पुर्‍याएपछि सुरक्षाको व्यवस्थापन गर्न सरकार समक्ष  स्थानीयले माग गरेको उल्लेख गरे । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ४४ बजे

पृथ्वी राजमार्गः पश्चिम खण्डमा कालोपत्र सकियो

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा

विद्युत् सेवाको पहुँचले फेरियो खैराङवासीको जीवनशैली 

भोजपुर– यहाँको हतुवागढी गाउँपालिका–४ खैराङ क्षेत्रमा केन्द्रीय विद्युत् विस्तार भएपछि

नबिल निःशुल्क जलन शिविरमा वीरगञ्जका १५० जनाले गराए उपचार

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’

‘भजनमण्डली’को सकसबाट मुक्ति नपाएको सिंहदरबार!

हिटलरका तीन विशिष्ट साथी थिए । तिनकै सल्लाहमा उनी चल्थे

आहा ! एन्जेलिया, पर्यटक भन्छन्- यतै बसिरहूँ लाग्यो

इलाम– ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात