केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ : मुख्यमन्त्री कार्की « Khabarhub

केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ : मुख्यमन्त्री कार्की


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

कटारी– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क सेवाहरू सेवाग्राहीले पाए-नपाएको अनुगमन गरेर मात्रै कटारी अस्पतालको स्तरोन्नतिका लागि अघि बढ्ने बताएका छन् । 

आज साँझ उदयपुरको कटारीमा रहेको कटारी नगर अस्पताल परिसरमा स्वास्थ्यकर्मी तथा सरोकारवालाको मागबारे मुख्यमन्त्री कार्कीले कटारी अस्पताल यस क्षेत्रको केन्द्रमा रहेकाले यसलाई सबै प्रक्रिया पुगे स्तरोन्नति गर्ने बताए ।

अस्पतालले बिरामीलाई दिने सेवा सुविधा राम्रो हुनुपर्ने बताउँदै सेवा सबैले पाउनुपर्ने बताएका छन् । ‘प्रभावकारी सेवा पाए पाएनन् जनतामा पनि सर्वेक्षण गर्छौ,’ उनले भने, ‘स्तरोन्नतिसँगै प्रभावकारी सेवाका लागि काम गर्छौँ ।’

मुख्यमन्त्री कार्कीलाई अस्पतालका बारेमा जानकारी गराउँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा गौरव साहले १५ शय्याको नगर अस्पताल भए पनि ५० शय्याको सेवा दिइरहेकाले प्रदेशस्तरीय अस्पताल बनाउन आग्रह गरे । ‘सर्पदंशको पनि उपचार गरिरहेका छौँ, उपचार सेवाको विस्तार भइरहेको छ,” डा साहले भने, “यस अस्पताललाई प्रदेशस्तरीय बनाउन आवश्यक छ ।’

कटारी अस्पतालबाट उदयपुरका साथै प्रदेशको पहाडी जिल्ला ओखलढुङ्गा, सोलुखुम्बु , खोटाङ र बागमती प्रदेशको सिन्धुलीका बिरामीलाई समेत सहज उपचार गर्न सकिने डा साहको भनाइ थियो । प्रदेशसभा सदस्य प्रदीप सुनुवार, रामकुमार खत्री लगायतको टोलीलाई अस्पताल विकास समितिका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष भूपेन्द्रसिंह तामाङलगायत कटारी नगरपालिकाका जनप्रतिनिधिका साथै सरोकारवालाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ५० बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास