गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्य : प्यालेस्टिनी राष्ट्रपति « Khabarhub

गाजाको केही भाग कब्जा गर्ने इजरायलको योजना अस्वीकार्य : प्यालेस्टिनी राष्ट्रपति


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

रामल्ला– प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले ‘प्यालेस्टिनी राज्यको अभिन्न अङ्ग’ रहेको गाजा पट्टीको कुनै पनि भागलाई अलग गर्ने, कब्जा गर्ने, काट्ने वा अलगथलग पार्ने इजरायलको योजनालाई अस्वीकार गरेको बताएका छन् । 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिससँगको टेलिफोन वार्तामा अब्बासले भने, ‘गाजा पट्टीमा प्यालेस्टिनी जनतामाथि भइरहेको आक्रमण तत्काल रोक्न र इजरायलले गरेको बमबारी र विनाशको विपत्तिबाट सर्वसाधारणलाई जोगाउन आवश्यक छ ।’ 

उनले तत्काल स्वास्थ्य तथा खाद्य सामग्री, खानेपानी, विद्युत्, इन्धनलगायत राहतको प्रवेश बढाउन र अस्पताल तथा आधारभूत सेवा सञ्चालन गर्न आवश्यक सहयोग उपलब्ध गराउन समेत आग्रह गरे । 

उनले ‘पश्चिमी किनारा, जेरुसेलम र जोर्डन उपत्यकाका इलाकाहरूमा आक्रमण, हत्या, घर भत्काउन र प्यालेस्टिनी बासिन्दाहरूलाई निष्कासन गर्न रोक्न अमेरिकी हस्तक्षेपको लागि आह्वान गरे। उनले भने, ‘इजरायलद्वारा मौन र योजनाबद्ध रूपमा प्यालेस्टिनी भूमि कब्जा भइरहेको छ ।’  

फोन वार्तामा अब्बासले प्यालेस्टिनीले संयुक्त राष्ट्रसङ्घमा पूर्ण सदस्यता प्राप्त गरेपछि र अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको अधिवेशनबाट सुरु हुने अन्तर्राष्ट्रिय वैधता प्रस्तावका आधारमा दुई राष्ट्रबीचको समाधानको कार्यान्वयनका लागि काम गर्न आफू तयार रहेको पनि बताएका छन् । अक्टोबर ७ देखि इजरायलले गाजामा हमासविरुद्ध ठूलो मात्रामा सैन्य अभियान चलाइरहेको छ, जसमा १५ हजार ५०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

इजरायली अधिकारीहरूका अनुसार दक्षिणी इजरायलमा हमासले अचानक गरेको आक्रमणको प्रतिशोध स्वरुप यो अभियान सञ्चालन गरिएको हो, जसमा एक हजार २०० भन्दा बढी इजरायली नागरिकको ज्यान गएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ७ : १४ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले