धेरै चिन्ता लिँदा पनि अनुहारमा कालोपोतो आउँछ | Khabarhub Khabarhub

धेरै चिन्ता लिँदा पनि अनुहारमा कालोपोतो आउँछ



काठमाडौँ – हामी सुन्दर रहन बजारमा रहेका अनेकौँ कस्मेटिक सामग्रीको प्रयोग गर्छौँ । समयमा नै सावधानी नअपनाए सुन्दर अनुहार बिग्रिन पनि बेर लाग्दैन । अनुहारमा देखिने छालाको समस्या मध्ये कालो पोतो पछिल्लो समय अत्यधिक बढेको पाइन्छ । कालो पोतो माहिला वा पुरुष दुवैको अनुहारमा देखा पर्दछ । तर पछिल्लो समय महिलामा धेरै देखा परेको छ । यो हल्का वा गाढा पनि हुन्छ । आँखा वरिपरि या अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष असर गर्दछ । कालो पोतो हटाउन दाबी गरिएका उत्पादनहरू मेडिकलमा गएर किनेर प्रयोग गर्ने चलन पनि पछिल्लो समय अत्यधिक बढेको छ । यसले गर्दा राम्रो हुनको साटो समस्या झन् बल्झिरहेको हुन्छ । यसै विषयमा केन्द्रित भएर छाला रोग विशेषज्ञ डाक्टर प्रतिभा श्रेष्ठ दाससँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

यो कालो पोतो कस्तो समस्या हो ?
यो एउटा कस्मेटिक समस्या हो । यसले स्वास्थ्यलाई कुनै असर गर्दैन । यो केटाहरूमा पनि हुन सक्छ तर अहिले यो धेरै महिलाहरूमा देखिएको छ ।

यो के के कारणले आउँछ त ?
यो धेरै कारणले आउँछ । उज्यालो मा यो आउँछ त्यसको लागि हामीले सनस्क्रिन ३० माथिको दुई दुई घण्टामा बाक्लो गरेर दुई वटा औलाको टुप्पोमा राखेर लगाउने । कुनै औषधिहरूको कारणले आउँछ । जस्तो गर्भ निरोधक चक्कीको सेवनले आउँछ । चिन्ताहरूले आउँछ खानपानमा ध्यान नदिँदा बासी बिग्रेका खाना खादा धुलो धुवा फोहोरहरू र धूम्रपान सेवन गर्दा पनि समस्या हुन्छ ।

यो फेसमा मात्र आउने हो कि शरीरमा आउँछ ?
यो फेसमा नै आउने हो । तर फेसको पनि भिन्न भिन्न भागहरूमा आउँछ । गलाको चिल्लो भागमा रोज लगाउने भागमा आउँछ । मन्डिबुलर मेलाज्मा यो दाह्री आउने ठाउँमा आउँछ र अर्को सबै ठाउँमा आउँछ ।

यसको उपचार सम्भव छ ?
गार्हाे छ तर सम्भव छ । यसको लागि कारणहरू खोज्नु पर्दछ । यदि यो उज्यालोको कारणले आएको हो भने दिनमा कम्तीमा पनि २ पटक लगाउने । भिटामिन पनि लगाउनु पर्दछ । सेतो हुने औषधिहरू लगाउने । त्यतिले पनि भएन भने हामीले उहाँलाई भिटामिनको पिल गराउँछौँ । माइक्रोडर्माब्रेसन हरू गराउँछौँ । त्यसले राम्रो गर्दछ । लेजर चाहिँ मेलाज्मामा गर्दैनौ । लेजर गरे पछि केही महिना राम्रो देखिन्छ तर पछि छन् गाढा भएर देखिन्छ । किनभने यो उज्यालोले गर्दा आउने हो र लेजरमा पनि लाइटको प्रयोग गरिन्छ ।

कतिपयले भन्नु हुन्छ कति ठाउँमा गएर उपचार गरे तर निको भएन ?
सबै कुरा गरे पछि पनि भएन भने हामीले एन्टिअक्सिडेन्ट भिटामिनहरू खान लगाउँछौ । एउटाले भएन भने अर्को दिन्छौ । यो निको त हुन्छ तर ढिलो हुन्छ । त्यसैले सुरु हुने बित्तिकै अस्पताल जाँदा राम्रो हुन्छ र चाँडो निको हुन्छ ।

अनुहारमा केही पनि समस्या नआओस् भनेर के के कुरामा ध्यान दिने त ?
स्वस्थ जीवन जिउने, पानी प्रशस्त पिउने, राम्रो मोइस्चराइजरहरू लगाउने, सधैँ भिटामिन लगाउने, सनस्क्रिन सधैँ लगाउने गर्दा हुन्छ ।

कस्मेटिक सामान किन्दा क्वालिटीको हो वा नक्कली हो भनेर कसरी छुटाउन सकिन्छ ?
त्यो त्यसमा प्याकेजिङमा भएको फ्रन्टहरु हेरेर नै थाहा हुन्छ । कस्मेटिक सामग्रीहरू लगाए पछि पहिला भन्दा फाइदा जनक हुनु पर्याे यदि भएन भने अर्को परिवर्तन गरिहाल्ने । आफ्नो छाला कस्तो छ त्यो अनुसारको क्रिम छान्ने कसैको रिङ कल, ड्राई स्क्रिन छ भने त्यो अनुसारको नै छान्ने । एउटा ट्रिट्मेन्ट गरे पछि तुरुन्तै यो भएन भनेर अर्को डाक्टरकोमा ब्युटी पार्लर जाने चाहिँ गर्नु भएन । एउटै राम्रो प्रोडक्ड धेरै समय सम्म प्रयोग गर्नु पर्दछ ।

अहिलेसम्म तपाईँको अनुभवले यति समयमा ठिक भएको छ भन्ने अनुभव छ त ?
छिटो आएको बिरामीमा हामीले ६ महिनामा ठिक गरेका छौँ भने हामीले कुनै ढिलो अनुहार भरि पोतो फैलिसके पछि आएकोलाई हामीले २ वर्ष भन्दा पनि लामो समय लागेको छ ।

उपचार गरेपछि पहिला आफ्नो छाला जस्तो थ्यो त्यही अवस्थामा आउँछ ?
त्यो भन्दा पनि राम्रो हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ३६ बजे

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

काठमाडौं – सङ्घीय प्यारोल बोर्डको बैठकले १७९ जना कैदीलाई प्यारोलमा

इजरायल-हिज्बुल्लाह संघर्ष : सीमा क्षेत्रबाट लाखौं सर्वसाधारण विस्थापित

एजेन्सी – पश्चिम एसियाको इजरायल-लेबनान सीमा क्षेत्रबाट केही दिनभित्रै लाखौं

नेपाल र ओमान बीचको खेल वर्षाले रोकियो

काठमाडौं – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमान

नेपाल प्रहरीका १४३ डीएसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीले एकैपटक १४३ प्रहरी नायब उपरीक्षक (डीएसपी)

बालविवाहमा महान्यायाधिवक्ताको निर्देशन – ‘बहुमुद्दा नचलाउनू’

काठमाडौं – महान्यायाधिवक्ता कार्यालयले महिला र पुरुष दुवै जना नाबालक