मुक्तबहादुरले दिए सहरी स्वास्थ्य केन्द्रलाई जग्गा « Khabarhub

मुक्तबहादुरले दिए सहरी स्वास्थ्य केन्द्रलाई जग्गा


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – जिल्लाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्। विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताए।

“सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ–१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ”, उनले भने, “वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले गाउँमै स्वास्थ्यचौकी बनाउन सके सामान्य उपचार यही हुन्थ्यो भन्ने ठानेर जग्गा दिएको हुँ।”

जग्गा प्राप्ति भएकाले अब छिट्टै नै निर्माण प्रक्रिया थालिने वडाध्यक्ष सुनिल खनालले बताए। स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेकाले अब बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उनले सुनाए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ५३ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५