मुक्तबहादुरले दिए सहरी स्वास्थ्य केन्द्रलाई जग्गा | Khabarhub Khabarhub

मुक्तबहादुरले दिए सहरी स्वास्थ्य केन्द्रलाई जग्गा


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – जिल्लाको वालिङ नगरपालिका–१० को विकट गाउँ बझाकोटका मुक्तबहादुर सारु मगरले सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गर्न एक रोपनी १० आना जग्गा निःशुल्क दिएका छन्। विशेष गरी वृद्धवृद्धा तथा बालबालिकाको उपचारका लागि गाउँमै स्वास्थ्यचौकी बनाउन सके स–सानो उपचारका लागि टाढा जान नपर्ने महसुस गरी आफूले जग्गा उपलब्ध गराएको जग्गादाता सारुले बताए।

“सामान्य उपचारका लागि पनि चिध्यार, वालिङ–१० को मदिखोला तथा वालिङमा रहेको गह्रौँ प्राथमिक अस्पताल जानुपर्ने बाध्यता छ”, उनले भने, “वृद्धवृद्धा र बालबालिकालाई बढी समस्या हुने भएकाले गाउँमै स्वास्थ्यचौकी बनाउन सके सामान्य उपचार यही हुन्थ्यो भन्ने ठानेर जग्गा दिएको हुँ।”

जग्गा प्राप्ति भएकाले अब छिट्टै नै निर्माण प्रक्रिया थालिने वडाध्यक्ष सुनिल खनालले बताए। स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि बजेटको सुनिश्चितता भइसकेकाले अब बोलपत्र आह्वानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उनले सुनाए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ५३ बजे

स्थानीय तहका ४२ पदका लागि चार सय सात जनाको मनोनयन दर्ता

काठमाडौं – आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४२ पदका लागि

साउदी अरेबियामा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड

दुबई – साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई

सुदूरपश्चिम रोयल्सको ट्यालेन्ट हन्ट सम्पन्न

धनगढी – नेपाल प्रिमियर लिगको लागि फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १० लाख क्षति

रसुवा – ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा रसुवाको गुम्बुडाँडामा एउटा