कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ कम्पनी कारबाहीमा  | Khabarhub Khabarhub

कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ कम्पनी कारबाहीमा 



दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन्। कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३  सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ९५ वटालाई कारबाही गरेको र ५ सय ९२ वटालाई चेतावनी दिएको जनाएको छ।

डिसेम्बर महिनाको तथ्याङ्क बुलेटिनमा मन्त्रालयमा नयाँ भर्नाका लागि ५ हजार ६ सय १६ अनुरोध आएकोमा २ हजार ५ सय ६९ अनुमोदन भएको देखाएको छ भने पेसा परिमार्जनका लागि ३ हजार ३ सय ७६ निवेदन स्वीकृत भएको देखिएको छ।

डिसेम्बरमा श्रम स्वीकृतिका लागि निवेदन दिनेको संख्या करिब एक हजार २ सय ४४ थियो। जसमा अनुमति नवीकरणका लागि ५ सय ६१, नयाँ अनुमति पत्र जारी गर्न ४  सय ५९ र जारी अनुमति खारेज गर्न २  सय २४ निवेदन परेका थिए।

भर्ना कार्यालयको निरीक्षण भ्रमणको सन्दर्भमा, तथ्याङ्क बुलेटिनले मन्त्रालयले भर्ती कार्यालयमा करिब ५९ वटा निरीक्षण भ्रमण गरेको देखाएको छ। परिणामस्वरूप ६ वटा उल्लङ्घनलाई हटाउन चेतावनी दिइएको छ भने एक भर्ती कार्यालयलाई सल्लाह र निर्देशन दिइएको छ।

श्रम सम्बन्ध विभागले करिब १ हजार ७ सय ५७ उजुरी प्राप्त गरेको छ। जसमध्ये ३ सय ८९ उजुरी समाधान भएको छ भने २४९ श्रम विवाद समाधान समितिमा पठाइएको मन्त्रालयलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले जनाएको छ।

मन्त्रालयले घरेलु कामदारका ६२ गुनासो प्राप्त गरेको थियो। तीमध्ये २३ उजुरी समाधान भएको र ८ वटा श्रम विवाद समाधान समितिमा पठाइएको जनाइएको छ। त्यसैगरी श्रम सम्बन्ध विभागले ८९ वटा उजुरी जनताबाट प्राप्त गरेको र तीमध्ये सबै समाधान भएको जनाएको छ।

श्रम विवाद समाधान समितिहरूको सन्दर्भमा, डिसेम्बरमा यी समितिहरूमा पठाइएका मुद्दाहरूको संख्या एक हजार ७ सय ३४ पुगेको छ। यी मुद्दाहरूको सम्बन्धमा यी समितिहरूले निर्णय गर्ने संख्या ३ सय ७८ छ भने लगभग ६ सय ७२ मुद्दा प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ५४ बजे

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजना : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका

‘के घर के डेराः घर नं २’को गीत सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘के घर के डेराः घर नं २’को

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

काठमाडौं – पार्किङमा राखेको अवस्थामा काठमाडौँबाट माइक्रोबस चोरी भएको छ

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

‘विपद् व्यवस्थापनमा तीनै तहको उत्तिकै दायित्व’

काठमाडौं – नेपालमा मनसुन भित्रिने सङ्घारमा रहेका बेला राष्ट्रिय विपद्