कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ कम्पनी कारबाहीमा  « Khabarhub

कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ कम्पनी कारबाहीमा 



दोहा – कतारमा श्रम कानुन उल्लङ्घन गर्ने ६ सय ९५ वटा कम्पनी कारबाहीमा परेका छन्। कतारको श्रम मन्त्रालयले २०२२ को डिसेम्बरमा कूल ३ हजार ३  सय ७५ वटा कम्पनीहरूमा सघन निरीक्षण गरेकोमा ६ सय ९५ वटालाई कारबाही गरेको र ५ सय ९२ वटालाई चेतावनी दिएको जनाएको छ।

डिसेम्बर महिनाको तथ्याङ्क बुलेटिनमा मन्त्रालयमा नयाँ भर्नाका लागि ५ हजार ६ सय १६ अनुरोध आएकोमा २ हजार ५ सय ६९ अनुमोदन भएको देखाएको छ भने पेसा परिमार्जनका लागि ३ हजार ३ सय ७६ निवेदन स्वीकृत भएको देखिएको छ।

डिसेम्बरमा श्रम स्वीकृतिका लागि निवेदन दिनेको संख्या करिब एक हजार २ सय ४४ थियो। जसमा अनुमति नवीकरणका लागि ५ सय ६१, नयाँ अनुमति पत्र जारी गर्न ४  सय ५९ र जारी अनुमति खारेज गर्न २  सय २४ निवेदन परेका थिए।

भर्ना कार्यालयको निरीक्षण भ्रमणको सन्दर्भमा, तथ्याङ्क बुलेटिनले मन्त्रालयले भर्ती कार्यालयमा करिब ५९ वटा निरीक्षण भ्रमण गरेको देखाएको छ। परिणामस्वरूप ६ वटा उल्लङ्घनलाई हटाउन चेतावनी दिइएको छ भने एक भर्ती कार्यालयलाई सल्लाह र निर्देशन दिइएको छ।

श्रम सम्बन्ध विभागले करिब १ हजार ७ सय ५७ उजुरी प्राप्त गरेको छ। जसमध्ये ३ सय ८९ उजुरी समाधान भएको छ भने २४९ श्रम विवाद समाधान समितिमा पठाइएको मन्त्रालयलाई उद्धृत गर्दै द पेनिन्सुला कतारले जनाएको छ।

मन्त्रालयले घरेलु कामदारका ६२ गुनासो प्राप्त गरेको थियो। तीमध्ये २३ उजुरी समाधान भएको र ८ वटा श्रम विवाद समाधान समितिमा पठाइएको जनाइएको छ। त्यसैगरी श्रम सम्बन्ध विभागले ८९ वटा उजुरी जनताबाट प्राप्त गरेको र तीमध्ये सबै समाधान भएको जनाएको छ।

श्रम विवाद समाधान समितिहरूको सन्दर्भमा, डिसेम्बरमा यी समितिहरूमा पठाइएका मुद्दाहरूको संख्या एक हजार ७ सय ३४ पुगेको छ। यी मुद्दाहरूको सम्बन्धमा यी समितिहरूले निर्णय गर्ने संख्या ३ सय ७८ छ भने लगभग ६ सय ७२ मुद्दा प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ७ : ५४ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको