दक्षिण कोरियामा एक चिनियाँ क्वारेन्टाइनबाट फरार  « Khabarhub

दक्षिण कोरियामा एक चिनियाँ क्वारेन्टाइनबाट फरार 


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सीउल – दक्षिण कोरियामा उत्रिएपछि परीक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि फरार रहेका एक चिनियाँ नागरिकको खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।

मंगलबार अबेर सियोल नजिकको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि परीक्षणका क्रममा कोभिड देखिएका चिनियाँलाई क्वारेनटाइनमा राख्न नजिकैको होटेलमा सारिएको थियो। तर, उनी त्यहाँबाट बेपत्ता भएका एक स्वास्थ्य अधिकारीले बताएका छन्।

पहिचान नभएको व्यक्तिलाई वान्टेड सूचीमा राखिएको दक्षिण कोरियाली अधिकारी किम जु–योङले बताए।  संक्रामक रोग नियन्त्रण तथा रोकथाम ऐन उल्लंघन गरेकोमा दोषी ठहरिएमा उनलाई एक वर्षसम्म कैद वा १ करोड वोन जरिवाना हुन सक्ने बताएका छन्। उनले भने, ‘उनलाई देश निकाला गरिनेछ र निश्चित समयको लागि देश प्रवेश गर्न प्रतिबन्ध लगाइनेछ। ’

मंगलबार दक्षिण कोरियाले चीनबाट आउने यात्रुहरुलाई अनिवार्य कोभिड परीक्षण गर्नुपर्ने जनाएको थियो। कोभिड बढेपछि अहिले भारत, अमेरिका, बेलायतलगायतका देशले चिनियाँ यात्रुको आगमनमा कडाइ गरेका छन्।

कोभिड प्रतिबन्धविरुद्ध देशभित्र चौतर्फी आलोचना र प्रदर्शन हुन थालेपछि केही दिनअघि चीन सरकारले यसअघि लगाउँदै आएका सबै प्रतिबन्ध हटाएको थियो। प्रतिबन्ध हटेसँगै देशका विभिन्न सहरमा कोभिड महामारी फेरि बढेको छ। एउटै सहरमा एकै दिन एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ९ : ०९ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह