स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु « Khabarhub

स्कुटरसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झापामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कमल गाउँपालिका ५ लवडाँडामा बुधबार राति प्रदेश १–०१–०१६ प २०९४ नम्बरको स्कुटर र मे २ प २१५७ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर प्रदेश १–०१–०१५ प ७४८७ नम्बरको स्कुटरसम्म ठक्कर खाएको थियो।

घाइते भएका मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गाउँपालिका ७ का ३८ वर्षीय नरेन्द्र सेलिङको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि सवार झापाकै शिवसताक्षी नगरपालिका ९ का २४ वर्षीय मनोज लिम्बुको उपचार दमक स्थित लाइफलाइन अस्पतालमा  भइरहेको छ ।

दुवै चालक र ३ वटै सवारी साधनलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ११ : १३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले