सन्दीप लामिछानेको मुद्दा चौथो नम्बरमा « Khabarhub

सन्दीप लामिछानेको मुद्दा चौथो नम्बरमा


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध दिएको पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ।

जिल्ला अदालत काठमाडौँले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेश बेरितको रहेकाले खारेजीको माग गर्दै सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन्। सोही पुनरावेदनमाथि बिहीबार सुनुवाइ हुँदैछ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको इजलासमा सुनुवाइ तोकिएको छ। उक्त इजलासमा सन्दीपको मुद्दा चौथो नम्बरमा परेको छ।

यसअघि दुई पटक पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। पहिलो पेसीमा सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गरेका थिए भने दोस्रोमा हेर्न नभ्याइनेमा परेको थियो। तर, बिहीबार उनको पेसी चौथो नम्बरमा परेको छ।

हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको न्यायका लागि बुधबार क्रिकेटरहरुले आवाज उठाएका थिए। एक किशोरीले बलात्कारको उजुरी दिएपछि २० असोजमा सन्दीप पक्राउ परेका थिए। जिल्ला अदालत काठमाडौँको आदेशअनुसार उनी १८ कात्तिकमा कारागार चलान भएका थिए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  ११ : ४३ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले