कालिका नगरपालिकामा पोषण कार्यक्रम सञ्चालनको तयारी « Khabarhub

कालिका नगरपालिकामा पोषण कार्यक्रम सञ्चालनको तयारी


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ ।

प्रदेश सरकारको १६ लाख र पालिकाको चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो । अहिले पालिकाले स्थलगत तथ्यांक संकलनको काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए। उनका अनुसार यस कार्यक्रम अन्तर्गत एक हजार सुनौला दिनमा गर्भवती र बच्चालाई लक्षित गरी कार्यक्रम अघि वढाउन लागिएको हो ।

आमा र बच्चा दुबैलाई पोषण, स्वास्थ्य र सरसफाइमा ध्यान दिइने छ । नगर प्रमुख रेग्मीले भने ‘यो बजेट बढाएर रु एक करोडसम्म पुर्‍याउनुपर्छ ।’ यस कार्यक्रमलाई आयआर्जनसँग समेत जोड्नु पर्ने उनको भनाइ छ । चेपाङ बालबालिकामा अहिले स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेसँगै यो कार्यक्रम ल्याइएको उनले जानकारी दिए । बालबालिकामा कुपोषणको समस्या समस्या देखिने गरेको छ । बच्चा होचा, पुड्का हुने गरेका छन् ।

चेपाङ् समुदायमा धेरै कमको मात्र आफ्नो उत्पादनले वर्ष दिनपुग्छ । अधिकांशको उत्पादनले ६ महिना पुर्‍याउन मुस्किल हुन्छ । मेलापातसँगै वनका कन्दमूल गिठ्ठा भ्याकुरले जीवन गुजार्नुपर्ने बाध्यता रहेको नगर प्रमुख रेग्मी बताए।

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  १२ : २९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५