शरीरलाई किन चाहिन्छ भिटामिन ‘बी कम्प्लेक्स’ ? | Khabarhub Khabarhub

शरीरलाई किन चाहिन्छ भिटामिन ‘बी कम्प्लेक्स’ ?


२१ पुस २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भिटामिन बी कम्प्लेक्सले शरीरमा मोटाबलिज्म बढाउँछमोटाबलिज्मले पोषक तत्त्वलाई शक्तिमा बदल्ने काम गर्छ । यसले डिएनए बनाउने काम पनि गर्छ ।

राता रक्तकोष निमार्ण पनि भिटामिन बी कम्प्लेक्सले गर्छ । यसले शरीरको बिभिन्न भागका लागि प्रोटिन बनाउने काम पनि गर्छ ।

कमी भएमा कस्तो लक्षण देखिन्छ ?

हातखुट्टा झमझम गर्ने ।

हातखुट्टा पोल्ने ।

– स्मरण शक्ति ह्रास हुन्छ ।

– कमजोरी महसूस हुन्छ ।

– थकान लाग्ने हुन्छ ।

डिप्रेशन हुने हुन्छ ।

भिटामिन बी कम्प्लेक्सको स्रोत के हो ?
– मासुजन्य पदार्थ ।

– दूधजन्य पदार्थ दूध, दही, पनीर, चिज

– जमिन भित्र फल्ने फल आलु, गाँजर, मूला, सलगम, तरुल

जोखिम कस्तो हुन्छ ? कसरी घटाउने ?

भिटामिन बी बिभिन्न रुपमा पाइन्छ । बी १, बी २, बी ३ र बी १६ । यी चार तत्त्वको सम्मिलित रूप नै भिटामिन बी कम्प्लेक्स हो ।

भिटामिन बीको पहिलो सदस्य ‘थाइमीन’ हो । त्यसैले यसलाई बी १ भनिन्छ । यसले स्नायु र पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोध क्षमता बढाउँछ

बी १ को कमी भएमा भोक नलाग्ने, कमजोर हुने हुन्छ । यसको कमीले मानसिक समस्या पनि हुन्छ । यो चामल, गहुँ, जौ, सोयाबिन, केराउ, बदाम आदीमा पाइन्छ ।

भिटामिन बी २ लाई ‘राइबो फ्लोबिन’ पनि भनिन्छ । यो मुख र आखाका लागि आवश्यक हुन्छ । यसको कमीले जिब्रो रातो हुने, मुखको छाला निस्कने, आँखा कमजोर हुने, जिब्रोमा घाउ आउने जस्ता समस्या देखिन्छ। यो दूध, दही, बिभिन्न अनाज, हरियो सागसब्जिमा पाइन्छ ।

भिटामिन बी६ लाई ‘पाइरीडाक्सिन’ भनिन्छ । यो छालाको लागि आवश्यक हुन्छ । यो अनाज, दूध, कलेजो, मासु आदीमा पाइन्छ । भिटामिन बी १२ को रासायनिक नाम ‘सायनोकाबालामीन’ हो ।

यो छाला, हड्डी, काशिका, मांसपेशिका लागि आवश्यक हुन्छ । यो मासु, माछा, अण्डा आदीमा पाइन्छ। भिटामिन बी कम्प्लेक्समा नाइकोटोनिक एसिड, बायोटीन, पैन्टोथेनिक एसिड र फोलिक एसिड पनि पाइन्छ ।

(जनस्वास्थ्य विद डाक्टर अरुण उप्रेतीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति : २१ पुस २०७९, बिहीबार  २ : २३ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज

अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै

एजेन्सी– अमेरिकी सङ्घीय सरकारको बन्द (शटडाउन) का कारण जारी आर्थिक

विभिन्न जातजातिको संस्कृतिको अध्ययन केन्द्र ‘तनहुँ सङ्ग्रहालय’

दमौली– तनहुँमा बसोबास गर्ने विभिन्न जातजातिका संस्कृति, रीतिरिवाज अध्ययन गर्ने

अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल

एजेन्सी– अफगानिस्तानको तालिवान सरकारले शनिबार पाकिस्तानसँग भएको पछिल्लो चरणको शान्ति

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई